राष्टिय सम्मेलन २०५६

राष्टिय सम्मेलन २०५६


आत्रेय वंश अनुसन्धान प्रतिष्ठान पौडेल वंश राष्टिय समितिको आयोजनामा पौडेलहरुको संस्थागत र क्षेत्रगत प्रतिनिधित्व भएको पौडेलवंश प्रथम राष्ट्रिय सम्मेलन २०५६ सम्पन्न गरियो । यस सम्मेलनका लागि यस संस्थाका केन्द्रिय अध्यक्ष रामचन्द्र पौडेल, संस्थापक अध्यक्ष इन्द्रप्रसाद पौडेल, महासचिव लक्ष्मीकान्त शर्मा पौडेल आदिको महत्वपूर्ण योगदान छ । महासचिव लक्ष्मीकान्त शर्मा पौडेलले मेची महाकाली भ्रमण गरी प्रतिनिधि चयन र प्रचार प्रसारको काम सम्पन्न गर्नुभएको थियो ।

राष्ट्रिय सम्मेलनको विषयमा स्मारिका २०५६को पेज नं. २१ मा यस प्रकार उल्लेख गरिएको छ ।

पौडेल वंश राष्ट्रिय सम्मेलन २०५६ साल पौष ७ गते भव्य रुपमा सम्पन्न भयो । देवघाट चितवनमा सम्पन्न सो राष्ट्रिय सम्मेलनको अध्यक्षता केन्द्रिय अध्यक्ष रामचन्द्र शर्मा पौडेलबाट गरियो । सो सम्मेलनमा अधिराज्यभरबाट ४५ जिल्लाका करिब ६ हजार प्रतिनिधिको सहभागीता रहेको थियो । आत्रेय वंश अनुसन्धान प्रतिष्ठान चितवनका आयोजक सचिव बालकृष्ण पौडेलको उद्घोषणमा सञ्चालित सम्मेलन आयोजक समितिका अध्यक्ष इन्द्र प्रसाद पौडेलबाट तथा उपाध्यक्ष मुकुन्द शरण उपाध्याय बाट स्वागत मन्तव्य प्रस्तुत गरियो । सम्मेलनमा राष्ट्रिय सभाका माननिय सांसद शुक्रराज शर्मा द्वारा प्रमुख आतिथ्यता ग्रहण गरियो । आयोजक समितिका तर्फबाट सचिव बालकृष्ण पौडेल र सम्मेलन तयारी समितिका तर्फबाट केन्द्रिय महासचिव लक्ष्मीकान्त शर्मा पौडेलबाट प्रतिवेदन प्रस्तुत भएको थियो । सो समारोह विच पौडेल वंश कुलदेवताको मन्दिरको उद्घाटन सांसद शुक्रराज शर्माले गर्नु भयो । मन्दिरमा म्याग्दी जिल्लाको गलेश्वर कालीगण्डकी बाट ल्याइएको शालीग्राम शिला गर्भगृहमा स्थापित गरियो । देशभरका पौडेलहरुले विभिन्न स्थानमा कुलपुजा गर्ने स्थानको माटो समेत ल्याएर गर्भगृहमा राखियो भने बाहिर कुल देवता मष्ठबराहको मुर्ति राखिने छ । ( राखिएको छ ) यसै समारोह विच उपाध्यक्ष मुकुन्दशरण उपाध्याय बाट उमानाथ ट्रस्ट बाग्लुगं द्वारा निर्मित खानेपानी योजनाको पनि उद्घाटन भयो । केन्द्रिय सचिव केशवनाथ पौडेलबाट धन्यवाद ज्ञापन वरिष्ठ इन्जिनियर सोमनाथ पौडेलद्वारा देवघाट स्थित पौडेल कुलदेवता परिसरको गुरुयोजना र संयोजक विदुर प्रसाद पौडेलबाट वंशावली सम्बन्धी कार्यपत्र एवं कृष्ण पौडेल र डमरु पौडेल बल्लभ पौडेलहरु बाट पूर्व प्रधानमन्त्री रंगनाथ पौडेल स्मारक र कवि शिरोमणि लेखनाथ पौडेल स्मारक बारे जानकारी गराइयो । सो समारोहमा पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रित आत्रेय वंशका बारेमा प्रकाश पनि पारियो । म्याग्दी जिल्लाका सभापति नवराज शर्मा विराटनगर, हेटौंडा, लेखनाथ कास्की लगायत नगरपालिकाका मेयरहरुको समेत उपस्थिती थियो । सम्मेलन तयारी समिति चितवन र अन्य जिल्लाबाट सम्मेलनमा भाग लिने सवैलाई धन्यवाद दिने निर्णय भयो ।

हाम्रो बारेमा

पौडल वंश नेपालको प्राचीन ऋषिवंशबाट विकसित भएको वंश हो । महर्षि आत्रेयका सन्तति अर्चनानस, श्यावाश्व हुँदै आत्रेय पुनर्वसु इ.पू ६०० पतञ्जली – चरक) आत्रेय इ. पू. १५० सम्म इशा पूर्वको इतिहास विकास भएको छ भने इ सं ४६३ सोमनाथ आत्रेयबाट उदय भट्ट (दशौ शताब्दी) चाबा, सदु (१३ औं शताब्दी) हुँदै विकास भएर आज सम्मको वंश विकासको इतिहास यस वंशको प्रमाणिक आधार रही आएको छ ।