विधान र समिति

संस्थाको विधान र समिति

पहिले पौडेलहरुले आफनो थर छोडेर उपाध्याय, जैसी, क्षेत्री, हमाल, कामी, सार्की, दमाई, मगर गुरुङ्ग, आदि जात लेख्ने चलन थियो । यिनीहरुले आफनो वर्ग अनुसार गुठीपूजा, कुलायनपूजा, आदिमा आफनो सहकार्य देखाउँथे । पौडेलहरुका कुलदेवता मस्ट वराह र लुकुवा (कुलायन) पुजा आदि आफना ठाँउमा गर्ने गर्दथे । यो चलन धेरै गाउँहरुमा अद्यापि विद्यमान छ । वि.सं २०४९ सालमा पोखरामा आत्रेय गोत्री बन्धुहरुको भेलाले आत्रेय वंश अनुसन्धान केन्द्रको स्थापना गरयो । यसैलाई केन्द्रमानी पछि देवघाटमा स्थापित आत्रेय गोत्र पौडेल वंश अनुसन्धान प्रतिष्ठान सँग मर्ज गरी पौडेलहरुको राष्टिय सम्मेलन २०५६ सालमा सम्पन्न गरियो । पछि २०६२ सालमा आत्रेय गोत्र पौडेल वंश अनुसन्धान प्रतिष्ठान विधिवत् जिल्ला प्रशासन कार्यालय चितवनमा द.नं. २१ ÷ ०६२ ÷ ०६३ दर्ता भई संंस्थालाई संगठित गरियो । देवघाट स्थित पौडेलहरुको साझा कुलदेवता मन्दिर र यसको परिसरको संरक्षण गर्ने तथा वंशावली लगायत सामाग्री प्रकाशन गर्ने र आफनो संस्कृतिको जगेर्ना गर्ने कार्यमा यो संस्था कृयाशील छ ।

हाम्रो बारेमा

पौडल वंश नेपालको प्राचीन ऋषिवंशबाट विकसित भएको वंश हो । महर्षि आत्रेयका सन्तति अर्चनानस, श्यावाश्व हुँदै आत्रेय पुनर्वसु इ.पू ६०० पतञ्जली – चरक) आत्रेय इ. पू. १५० सम्म इशा पूर्वको इतिहास विकास भएको छ भने इ सं ४६३ सोमनाथ आत्रेयबाट उदय भट्ट (दशौ शताब्दी) चाबा, सदु (१३ औं शताब्दी) हुँदै विकास भएर आज सम्मको वंश विकासको इतिहास यस वंशको प्रमाणिक आधार रही आएको छ ।